मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १५ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ पौष १५ बिहीबार २१:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिउँ पन्छाएर बाटो खुलाउँदै सुरक्षाकर्मी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १५ बिहीबार २१:oo:oo

हिमाली जिल्ला मनाङमा भारी हिमपातपछि अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। मंगलबारदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामेवरपरको सडक सुरक्षाकर्मीले बिहीबार खुलाएका छन्। सदरमुकाम चामेको बजार क्षेत्रमा अवरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरी खुलाइएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। 

हिउँ पन्छाएपछि पैदल हिँड्न सहज भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए। खड्काका अनुसार सवारी सुचारु गर्ने गरी हिउँ पन्छाउन अझै केही दिन लाग्छ। 

सडकको हिउँ हटाएपछि सदरमुकामस्थित जिल्ला अस्पतालसहित विभिन्न सेवाप्रदायक सरकारी कार्यालयमा हिँड्न सहज भएको सशस्त्र प्रहरी मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए। उनका अनुसार मंगलबार साँझदेखि बुधबार दिनभर मनाङमा भारी हिमपात भएको थियो। 

हिमपातले मनाङको चामे गाउँपालिका– १ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका– ९ खाङसारसम्मको सडक अवरुद्ध बनेको छ। 

बेँसीसहर–चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ। बिहीबार भने सदरमुकाम चामेमा सामान्य घाम लागेकाले चामे क्षेत्रमा हिउँ पन्छाइएको हो। शुक्रबार पनि मौसमअनुकूल भए शनिबारसम्म सडक यातायात सुचारु हुने मनाङ प्रशासनले जनाएको छ।