मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १३ मंगलबार
  • Tuesday, 11 March, 2025
२o७८ पौष १३ मंगलबार १९:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाको निषेधाज्ञा स्थानीय प्रशासनले हटायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १३ मंगलबार १९:४२:oo

जिल्ला प्रशासन कार्यालय सिराहाले बिहानदेखि जारी गरेको निषेधाज्ञा साँझबाट हटाएको छ। प्रहरीले पक्राउ गरेका किसानको रिहाइलगायत सातबुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको हड्ताल उग्र बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। 

जिल्ला प्रशासन कार्यालय सिराहाले मंगलबार र बुधबार स्थानीय प्रशासन ऐन २०२८ को दफा (२) र (३) अनुसार पूर्वमा बलान नदीदेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण पाँच सय मिटर आसपासका क्षेत्र र चोहर्वादेखि जिल्ला सदरमुकाम सिराहा पि.के इन्टरप्राइजेज (पेट्रोल पम्प)सम्मको सडक र उत्तर दक्षिण पाँच सय मिटर आसपासका क्षेत्रमा जारी गरेको निषेधाज्ञा मंगलबार साँझ हटाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा जारी सूचनामा उल्लेख छ।

यसअघि, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मंगलबार संयुक्त विज्ञप्तिमार्फत् स्थानीय प्रशासनसँग आन्दोलनको निहुँमा सिर्जना गरिएको प्रतिकूल अवस्थाको सामान्यीकरण गर्न माग गर्दै विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएका व्यक्तिहरूलाई रिहा गरी निषेधाज्ञा फिर्ता लिन माग गरेका थिए।