मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २९ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २९ बुधबार २१:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोह : १४ सय ४९ विद्यार्थी दीक्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २९ बुधबार २१:o२:oo

काठमाडौं विश्वविद्यालय (केयू) को २७औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। बुधबार धुलिखेलमा सम्पन्न प्रथम चरणको दीक्षान्त समारोहमा १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन्। 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति देवेन्द्र पौडेलले दीक्षित विद्यार्थीले मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातिर डोर्याउने जिम्मेवारी काँधमा रहेको बताए। विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र भएको उनले बताए। विश्वविद्यालय मानव जातिलाई जीवन जिउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो भएको उनको भनाइ छ। 

सन् २०३० सम्ममा दिगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने उनको भनाइ छ। नेपाली अध्ययन गर्न बाहिर जाने नभई अन्य देशबाट नेपाल आउने वातावरण बनाउनुपर्नेमा उनको जोड छ। 

उपकुलपति प्रा.डा. भोला थापाले पहिलेको लिगेसीलाई निरन्तरता दिँदै थप प्रगतिका लागि काम गर्ने बताए। थापाले एक हजार बेडको स्पेसियालिटी र सुपर स्पेसियालिटीको हस्पिटल बनाउने योजना रहेको बताए। 

कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा १४ सय ४९ स्नातक विद्यार्थी दीक्षित भएकामा स्कुल अफ आर्टसका दुई सय ३४, स्कुल अफ एजुकेसनका एक सय चार, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ लका ४० छन् । त्यसैगरी स्कुल अफ म्यानेजमेन्टका चार सय १९, स्कुल अफ मेडिकल साइन्सेजका ८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका छन् ।
यसवर्ष आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पिएचडी र ३० जना  एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन् । केयूमा छात्रा बढी दीक्षित         भएका छन्। छात्र ४८ दशमलव ४५ प्रतिशत र ५१ दशमलव ५५ प्रतिशत छात्रा छन्। 
काठमाडौं विश्वविद्यालय (केयू) मा १० प्रतिशत विद्यार्थी विदेशबाट अध्ययन गर्न आउने गरेको पाइएको छ। 
केयूमा प्रथम चरणमा बुधबार हुन लागेको दीक्षान्त समारोहमा दीक्षित हुन लागेका एक हजार चार सय ४९ विद्यार्थीमध्ये एक सय २३ जना विदेशी छन् । केयूमा युरोप, अमेरिकाबाट पनि विद्यार्थी आउने गरेका छन्। तर, सबैभन्दा बढी भारतबाट ९७ विद्यार्थी अध्ययन गर्न आएका छन्। माल्दिभ्सका १०, श्रीलंकाका नौ, अमेरिका दुई, बंगलादेशका एक, बेनिनका एक, रुसका एक, नेदरल्यान्डका एकजना विद्यार्थी दीक्षित हुँदै छन्। अहिले दीक्षित हुन लागेका विद्यार्थी संख्याको साढे ८ प्रतिशत हो। 
काठमाडौं विश्वविद्यालयका विदेश सम्बन्ध महाशाखाका सहनिर्देशक तथा सहप्रवक्ता डा.उद्धव प्याकुरेलले गतवर्षसम्म दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान मालदिभ्स, बंगलादेशसहित अमेरिका, क्यानडा, बेलायत, जर्मनी, नर्वे, रसिया गरी ४६ देशका विद्यार्थी केयूबाट दीक्षित भएका छन्। जाम्बियाका १८ र दक्षिण अफ्रिकाका १४ जनाले काठमाडौं विश्वविद्यालयबाट उच्च शिक्षा लिएका छन्। 
सत्ताइसौँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमका प्रमुख अतिथिका रूपमा डा. पंकज मित्तल सहभागी भएकी थिइन्। एसोसिएसन अफ इन्डियन युनिभर्सिटिज (एआइयू) की महासचिव डा. पंकज मित्तलले कृषि तथ्यांकमा स्नातकोत्तर र विद्यावारिधि गरेकी छिन् । सन् २००८ मा उत्तर भारतको पहिलो ग्रामीण महिला विश्वविद्यालयका रूपमा भगतफुल सिंह महिला विश्वविद्यालयको पहिलो उपकुलपति भएकी थिइन् । उनले आफ्नो कार्यकालमा गुरुकुललाई विश्वविद्यालयमा परिणत गराई ग्रामीण महिलाको सशक्तीकरणका लागि योगदान थिइन् ।