१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रियताप्रति कांग्रेसको ध्यान जाओस् : सिपी मैनाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३९:oo

नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रियताप्रति कांग्रेसको अझ ध्यान जानुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। पुरानो पार्टी र राष्ट्रियताको मुद्दा बनाएको पार्टीले यसतर्फ अझ ध्यान दिनुपर्ने उनको भनाइ छ।

संसदीय व्यवस्था बिग्रिएको, संसदमा अवरोध सिर्जना भइरहेको, जानीजानी कार्यकारी प्रमुखहरू अस्थिरतातर्फ लागेको, राष्ट्रियता कमजोर बन्ने अवस्थामा पुगेको लगायतका विषयमा उनले कांग्रेसको ध्यानाकर्षण गराए।

न्यायपालिकासँग भाडबन्डा गरेर शासन चलिरहेको उनको टिप्पणी छ। ‘अहिले आउँदा पनि यो व्यवस्था अप्ठेरोमा परेको छ, भ्रष्टाचार बढेको छ, ऋण खर्च बढेको छ,’ उनले भने, ‘सबै राष्ट्रवादी शक्तिहरू देश जोगाउने मुद्दामा एकजुट होऔँ।’

ad
ad