एमजी मोटर्सको नेपाली विक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले बहुप्रतीक्षित एमजी हेक्टर गाडी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार नक्सालस्थित सोरुममा हेक्टरका दुई भेरियन्ट सार्वजनिक गरेको हो । १.५ लिटरको टर्बोचाज्र्ड इन्टरकुल इन्जिनयुक्त हेक्टर एमटी र सिभिटी दुवै भेरियन्टको सार्वजनिक गरिएको हो ।
नेपाली बजारमा हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार र सिभिटीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । आकर्षक डिजाइन, आधुनिक र स्मार्ट फिचरहरू भएको हेक्टरले ग्राहकहरूको अपेक्षा सम्बोधन गर्ने कम्पनीको विश्वास छ । बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, एचडी टचस्क्रिनलगायत विशेषताहरू हेक्टरमा रहेका छन् ।