१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर १९ आइतबार १७:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीवन–गोदावरी सडक पाँच वर्षपछि बल्ल कालोपत्रे

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १९ आइतबार १७:४५:००

ललितपुरको ठैब–हात्तीवन सडक कालोपत्रे गरिएको छ। ५ वर्षदेखि भत्किएर खाल्डैखाल्डा बनेको सडक स्थानीय युवाहरूको दबाबपछि कालोपत्रे गरिएको हो।  

स्थानीयले मंसीर ६ गते बाटो बन्द गरेर ठेकेदारलाई दबाब दिएका थिए। दबाबपछि ठेकेदार कम्पनीले हात्तीवनदेखि ठैबसम्म करिब दुई किमि सडक कालोपत्रे गरेको हो। हात्तीवन–हरिसिद्धी–ठैब क्षेत्रमा सडक कालोपत्रे भए पनि ठैबदेखि गोदावरीसम्म सडक खाल्डैखाल्डा छन्। पूरै सडक कालोपत्रे गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले बीचमै काम छाडेको स्थानीयको भनाइ छ। 

हात्तीवन–हरिसिद्धि–बाडेगाउँ–गोदावरी सडकखण्ड बनाउने जिम्मा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको हो। ०७३ सालमै ठेक्का लगाइएको थियो। तर हालसम्म उक्त सडक कालोपत्र हुन सकेको थिएन। आयोजनाले हात्तीवनदेखि गोदावरीसम्मको ७.६ किमि सडक कालोपत्रे गर्नुपर्ने भए तापनि केही खण्ड मात्रै कालोपत्रे गरेको छ। 

उक्त सडक कालोपत्र र मर्मतको जिम्मा आशिष÷सिएम जेभी र लामा÷समानान्तर जेभीलाई ३ असार ०७३ मा ठेक्का दिइएको थियो। ६७ करोड १६ लाख ४९ हजारमा दिइएको ठेक्का अझै पूरा भएको छैन।