१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १९ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर १९ आइतबार o७:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर १९ आइतबार o७:१४:oo

पूर्वराजाले हराएको कमल थापाको आरोप, रेखा थापा पनि पराजित

राप्रपामा अध्यक्षका लागि शनिवार अबेरसम्म भएको मतदानमा सांसद तथा पार्टीका पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन् । महामन्त्रीमा भने थापा पक्षकी कुन्ति शाही विजयी भएकी छिन् । उनकी प्रतिद्वन्दी अभिनेत्री रेखा थापा पराजित भएकी छिन् । 

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले १८१७ मत पाएका छन् भने निवर्तमान अध्यक्ष थापाले १६१७ मत पाएका छन् । नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै लिङ्देनले दाबेदारी प्रस्तुत गरेका थिए ।

निवर्तमान अध्यक्ष थापाले भने निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउँदै मुलुक गणतन्त्रमय भएका बेला आफूले राजतन्त्रको झण्डा बोकेको पुरस्कार अहिले राजाले दिएको टिप्पणि गरेका छन् । थापाले भनेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रिय सदस्यका लागि शनिवार मतदान भएको थियो । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच तथा उपाध्यक्षमा ९ जना र महामन्त्रीमा ६ जना र केन्द्रिय सदस्यका लागि २७६ जना प्रतिस्पर्धामा थिए । निर्वाचन समितिले मतगणना केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । 

राप्रपा केन्द्रिय निर्वाचन समिति सदस्य श्यामबहादुर शाहीका अनुसार अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रिय सदस्य गरि जम्मा १४९ जना निर्वाचित हुनेछन् । नवनिर्वाचित अध्यक्षले ५० जना मनोनित गर्न पाउने व्यवस्था छ ।