१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १९:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुन तिर्नका लागि न्यायपालिकालाई सहयोग गर्छौँ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:४९:oo

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनर्स्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले संसद् पुनर्स्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताए।  

 उनले भने, ‘यो तपाईंहरूले थाहा पाइराखेकै कुरा हो नि ! संसद् पुनर्स्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ। त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ, ’उनले थपे, ‘हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि ! गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यबाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो। त्यो पनि सहयोग नै गरेको हो।’ 

 न्यायपालिकालाई सहयोग गर्दै जाने उनको भनाइ थियो। प्रधानन्यायाधीश डिस्चार्ज भएर आउनुभएको भन्दै उनले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने  बताए। 

ad
ad