१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १७ शुक्रबार
  • Tuesday, 08 July, 2025
२o७८ मङ्सिर १७ शुक्रबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : सर्लाहीमा चौथोपटक निर्वाचन अधिकृत खटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १७ शुक्रबार १४:४८:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाहीमा विभिन्न तहको अधिवेशन गराउन  चौथौपटक निर्वाचन अधिकृत खटाइएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले  समितिले अरुण ज्ञवालीलाई नयाँ निर्वाचन अधिकृत तोकेर सर्लाही पठाइएको जानकारी दिए। 

विवादका कारण सर्लाहीमा वडा तहदेखिको अधिवेशन प्रभावित भएको छ। सर्लाहीमा  पहिलोपटक  विनोद कार्कीलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको थियोे । उनले विवाद मिलाउन नसकेपछि राजीनामा दिएर फर्किएका थिए। दोस्रोपटक निर्वाचन अधिकृतका रूपमा खटाइएका दिवाकर पाण्डेमाथि कुटपिट भएपछि उनी पनि फर्किएका थिए । 

कांग्रेसले भरत राउतलाई तेस्रो अधिकृतका रूपमा  सर्लाही पठाएको थियो। उनले सर्लाहीको दुई सयमध्ये १९० वडामा अधिवेशन सम्पन्न गराएका थिए। त्यसबाहेक अन्य अधिवेशन अघि बढ्न सकेको छैन। पछिल्लो समय अन्य अधिवेशन थाती राखेर प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गराउने तयारी भइरहेको छ। 

निर्वाचन समितिका अनुसार सर्लाहीमा शुक्रबार प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सकेर शनिबार मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ।