Skip This
मोबाइलको अवैध आयात रोक्न एमडिएमएस तत्काल लागू हुन्छ : मन्त्री शर्मा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार १७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोबाइलको अवैध आयात रोक्न एमडिएमएस तत्काल लागू हुन्छ : मन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १७:११:oo

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन्। नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बुधबार अर्थमन्त्री शर्माले मोबाइल फोनको अवैध आयात रोक्न तत्काल एमडिएमएस प्रणाली लागू गर्ने बताएका हुन्।

एमडिएमएस प्रणाली लागू भएपछि नेपालमा मोबाइल फोनको अवैध आयात बन्द हुने दाबी गरे। उनले अवैध रूपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारकाे भएको उल्लेख गर्दै सरकार आफ्नो दायित्वबाट पछि नहट्ने स्पष्ट पारे।

‘अवैध रूपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघमार्फत हिजो मात्रै थाहा पाएँ। यो विषयमा थाहा पाउनेबित्तिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु,’ मन्त्री शर्माले भने।

विदेशमा दुःख गरेर नेपालमा रेमिट्यान्स पठाउनेहरूलाई एउटा मोबाइल ल्याउन नदिनु अन्याय हुने उनले बताए। तर, एउटा–एउटा गरेर धेरै अवैध मोबाइल नेपाल भित्रिरहेको उनले बताए। नेपालमा ३० प्रतिशतसम्म मोबाइल फोन अवैध रूपमा आयात हुने गरेको उल्लेख गर्दै उनले यसलाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए।