मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Sunday, 13 July, 2025
२o७८ मङ्सिर १५ बुधबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा एक महिलाको बीभत्स हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १२:४३:oo

महोत्तरीमा एक महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। लोहारपट्टी नगरपालिका– ६ बजारनजिकै घर भएका सुरेन्द्र मण्डलकी श्रीमती ३४ वर्षीया रुवि मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

श्रीमान् रोजगारीको सिलसिलामा भारतको पञ्जाव रहँदै आएका छन् भने मृतक मण्डल छोरासँग रहँदै आएकी थिइन्। घरमा सुतिरहेको अवस्थामा मध्यरातमा उनलाई अज्ञात समूहले घरबाट जबर्जस्ती निकालेर लगेका थिए। बिहान महिलाको शव घरपछाडि भेटिएको स्थानीयहरूले बताए। मृतक सुरेन्द्र मण्डलकी कान्छी श्रीमती हुन् भने मृतकसँगै रहेका छोरा पहिलो श्रीमतीबाट जन्मेका हुन्।

टाउको र घाँटीमा धारिलो वस्तुले प्रहार गरी हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। हत्या गर्नेहरूको पहिचान र कारण खुल्न नसकेको र अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनास्थलमै पुगेर महोत्तरीका एसपी आचार्यले शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको बताए।