१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १९:२६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युगान्डाले एयरपोर्ट गुमाएको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १९:२६:००

अफ्रिकी मुलुक युगान्डा सरकारले चीन सरकारलाई विगतमा भएको सम्झौताअनुसार ऋण तिर्न नसक्दा मुख्य एयरपोर्ट नै गुमाउनुपर्ने अवस्था आउन लागेको छ । सात वर्षअघि लिएको ऋण चुक्ता गर्न भएको विलम्बसँगै यो अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति योवेरी मुसेवेनीले चिनियाँ पक्षसँग संवादका लागि एउटा प्रतिनिधिमण्डल पठाएको, तर छलफल टुंगोमा पुग्न नसकेको समाचार एजेन्सी डेली मोनिटरले जनाएको छ । सन् २०१५ नोभेम्बर १७ मा युगान्डा र चीन सरकारबीच ऋण लेनदेन सम्झौता भएको थियो । 

युगान्डाले चीनको एक्जिम बैंकबाट २० करोड ७० लाख अमेरिकी डलर ऋण दुई प्रतिशत ब्याजमा लिएको थियो । अर्थ मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिले चिनियाँ समकक्षीसँग हस्ताक्षर गरेर सात वर्षमा ऋण नवीकरण गर्ने गरी २० वर्षका लागि ऋण लगेको थियो । गत साता युगान्डाका अर्थमन्त्री माटिया कासाइजाले एयरपोर्ट विस्तारका लागि चिनियाँ ऋण लिनुपरेकोमा राष्ट्रसामु क्षमायाचना गरेका थिए ।