Skip This
तिब्बतीयनलाई नागरिकता सिफारिसमा सहयोग गरेको आरोपमा चारजना प्रहरी नियन्त्रणमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका सोलुखुम्बु
सोनी राई
२o८१ बैशाख २९ शनिबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तिब्बतीयनलाई नागरिकता सिफारिसमा सहयोग गरेको आरोपमा चारजना प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
सोनी राई
२o८१ बैशाख २९ शनिबार ११:५o:oo

तिब्बतीयन नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा सोलुखुम्बुका चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोलीले सोलुदुधकुण्ड नगरपालिका– २ बाट शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो । 

तिब्बती नागरिकहरू जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन सिफारिस लिएर आएका थिए । कर्मचारीलाई उनीहरूमाथि शंका लागेपछि अनुसन्धान थालिएको थियो । 

सिफारिस लिने व्यक्ति तिब्बतीयन भएको खुलेपछि सिफारिस दिलाउने प्रक्रियामा सहयोग गरेको आरोपमा सोलु बेनीका चार व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । म्याद थप गरेर अनुसन्धान गरेपछि मात्र घटनाबारे विस्तृत जानकारी दिने प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए । 

झुटो विवरण पेस गरेर सिफारिस लिएको यो दोस्रो घटना हो भने देशबाहिरका नागरिकलाई सिफारिस गरिएको घटना जिल्लामै पहिलो मानिएको छ ।
 

ad
ad