मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार ०८:३३:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

मायादेवीको कवितासंग्रह  ‘जिन्दगी’  लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार ०८:३३:००

साहित्यकार मायादेवी गुरुङको पहिलो साहित्यिक कृति (कवितासंग्रह) ‘जिन्दगी’ लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङले सो संग्रह सार्वजनिक गरेका हुन् । 

डा. गुरुङले कार्यक्रममा भाषाको विरोध गर्नुभन्दा सिर्जनामा लाग्न जोड दिए । ‘भाषाको विरोधभन्दा सिर्जनामा लाग्नु अहिलेको आवश्यकता हो,’ गुरुङले भने । भाषा र संस्कृतिको प्रवद्र्धनमा लाग्न उनले सबैलाई आग्रह गरे । 

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले कवयित्री गुरुङले सानैदेखि साहित्यको अध्ययनमा रुचि राख्ने गरेकाले सिर्जना गर्न प्रेरणा मिलेको बताए । ‘साहित्यको अध्ययनले नै कविता लेख्ने बाटो देखाएको हो,’ उनले भने । कार्यक्रममा साहित्यकार माया ठकुरीले नारी अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा ‘जिन्दगी’ कवितासंग्रहले आवाज उठाएको उल्लेख गरिन् । 

अनमेल विवाह र छोरीप्रतिको हेलाको भावबारे कविताले जागरणको काम गर्ने उनको भनाइ थियो । समालोचक ज्ञानु अधिकारीले विदेशमा बस्दा स्वदेशी याद आध्यात्मिक भावनाका कविताका रूपमा नेपाली साहित्य फाँटमा देखा परेको बताए ।  –रासस