१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसी ब्यारेजमा हाम फाल्दा एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

सप्तरीको पूर्वी सीमाको रूपमा रहेको हनुमान नगर कंकालिनी नगरपालिका– १ कोसी नदीमा हाम फाल्दा शनिबार दिउँसो झापा दमक घर भएका एक व्यक्तिको मृत्यु भएको छ। 
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कोसी ब्यारेजको पश्चिमतर्फ पर्ने ५२ नम्बरको ढोकाबाट नदीमा हाम फालेका  झापाको दमक नगरपालिका– ६ घर भएका ४५ वर्षीय सुवास नेपालको मृत्यु भएको हो। 
सप्तरी प्रहरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार शनिबार बिहान करिब पौने १२ बजे नदीमा हाम फालेका नेपालको शव खोजतलासको क्रममा दिउँसो करिब साढे २ बजे भेटिएको हो। मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको डिएसपी काफ्लेले बताए।