कच्चा पदार्थ र मेसिनरी आयातलाई छुट्टै व्यवस्था गर्न परिसंघकाे आग्रह

शनिबार, ११ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघले आयातमा गर्न लागेको कडाइलाई लक्षित गर्दै औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गरेको छ । विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्न सक्ने व्यवस्थाले पनि नेपाली कम्पनीहरूलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने परिसंघको बुझाइ छ ।

साथै, गैरआवासीय नेपालीहरूलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने विषय सकारात्मक रहेको परिसंघले उल्लेख गरेको छ ।  नेपाल राष्ट्र बैंकले  चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत भारतबाट परिवर्त्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेको भए पनि औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरू भारतबाट विदेशी मुद्रामा आयात खुला गर्न परिसंघले आवाज उठाउँदै आएको थियो । 

See More On

सुझावित समाचार