मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ११ शनिबार o९:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कच्चा पदार्थ र मेसिनरी आयातलाई छुट्टै व्यवस्था गर्न परिसंघकाे आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार o९:१३:oo

नेपाल उद्योग परिसंघले आयातमा गर्न लागेको कडाइलाई लक्षित गर्दै औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गरेको छ । विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्न सक्ने व्यवस्थाले पनि नेपाली कम्पनीहरूलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने परिसंघको बुझाइ छ ।

साथै, गैरआवासीय नेपालीहरूलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने विषय सकारात्मक रहेको परिसंघले उल्लेख गरेको छ ।  नेपाल राष्ट्र बैंकले  चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत भारतबाट परिवर्त्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेको भए पनि औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरू भारतबाट विदेशी मुद्रामा आयात खुला गर्न परिसंघले आवाज उठाउँदै आएको थियो ।