
नेकपा एमालेका नेता घनश्याम भुसालले आगामी नेतृत्वका लागि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्। चितवनमा जारी महाधिवेशनको उद्घाटन सत्रलगत्तै भुसालले आफू उपाध्यक्षको दाबेदार रहेको बताए। भुसाल अहिले एमालेको उपमहासचिव पदमा छन्।
चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र सम्पन्न गरेर भोलिबाट सुरु हुने बन्द सत्रको लागि नेताहरू अहिले सौराहा पुगेका छन्।