मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर ९ बिहीबार ०६:३९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

त्रिविका कर्मचारीलाई विनाधितो कर्जा

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार ०६:३९:००

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई विनाधितो कर्जा दिने भएको छ । बैंकले विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई विनाधितो १५ लाख रुपैयाँसम्म कर्जा दिने भएको हो ।

कीर्तिपुरमा आयोजित एक समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा सम्झौता भएको जनाइएको छ ।

सम्झौतामा विश्वविद्यालयका आर्थिक महाशाखा प्रमुख कुमारप्रसाद हुमागाईं र बैंकका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकले त्रिभुवन विश्वविद्यालयको सिफारिसका आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरूलाई आम्दानीका आधारमा विनाधितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने जनाइएको छ ।