मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ९ बिहीबार o६:१४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

८१ लाख डोज खोप प्रयोग गर्न बाँकी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार o६:१४:oo

कोभ्याक्स सुविधामार्फत भारतबाट ६० लाख कोभिसिल्ड खोप आउने भएको छ । जसमध्ये २० लाख डोज खोप आगामी २९ नोभेम्बरमा आउनेछ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले दिएको जानकारीअनुसार हालसम्म दुई करोड ५४ लाख ७० हजार ६ सय ३० डोज विभिन्न प्रकारका खोप नेपाल आइसकेको छ ।

यसबीचमा एक करोड ७३ लाख ४३ हजार ६ सय ३९ डोज खोप प्रयोग भएको छ । पहिलो मात्रा खोप ९२ लाख ८४ हजार तीन सय ३७ र पूर्ण मात्रा ८० लाख ५९ हजार तीन सय दुईजनाले पाएका छन् । अझै ८१ लाख २६ हजार नौ सय ९१ डोज खोप प्रयोग गर्न बाँकी छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपलाई तीव्रता दिने उद्देश्यले खोपको आपूर्ति बढाउँदै लगेको छ । खोप शाखाका प्रमुख सागर दाहालले विगतमा जस्तो अप्ठेरो परिस्थिति नभएकाले अब उमेर तोकेर खोप नदिने बताए । ‘हिजो खोप पुर्‍याउनै समस्या भएकाले हिसाब नगरी प्रदेश र स्थानीय तहमा पठायौंँ,’ उनले भने, अब पर्याप्त खोप छ, त्यसैले वितरण आवश्यकताका आधारमा मात्रै गर्छौं ।’

स्वास्थ्य सचिव डा.रोशन पोखरेलले खोपको पर्याप्त उपलब्धता भएकाले १८ वर्षदेखि माथिका सबै नागरिकलाई दिइने बताए । विगतमा सरकारले उमेर तोकेर मात्रै खोप सञ्चालन गरेको थियो । धेरै नागरिकले खोप पाएको भन्दै सचिव पोखरेलले अब कसैले पनि खोप पाइँदैन कि भनेर आत्तिनु नपर्ने बताए ।