
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच बुधबार छलफल भएको छ। छलफलले भोली दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाउने निर्णय गरेको छ। बिहीबारको फुलकोर्ट बैठकले आगामी मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी निर्णय गर्न लागिएको एक न्यायाधीशले बताए।
बारले गोलाप्रथा न्यायालय सुधारका लागि महत्त्वपूर्ण मागका रूपमा उठाउँदै आएको छ।