१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ८ बुधबार १५:५६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

२७ सयमुनि पुगेर फर्कने प्रयासमा नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १५:५६:oo

दुई दिनयता सेयर बजारमा कारोबार रकम बढ्न थालेसँगै नेप्से बढ्ने प्रयासमा देखिएको छ। बुधबार नेप्से परिसूचक १.८९ अंकले वृद्धि भएर २ हजार ७ सय ३५ बिन्दुमा आइपुगेको छ। आज दुई हजार ६ सय ९५ सम्म पुगेर नेप्से फर्किएको छ।
 
दुई साताअघि पनि नेप्से दुई हजार ६ सय ९० बिन्दु आसपासबाट फर्किएको थियो। यो बिन्दुमा नेप्सेले टेवा परीक्षण गर्न खोजेको देखिन्छ। लाभांश हात पार्ने समयावधि आइरहेकोले मूल्यहरू धेरै तल गएको देखिँदैन। निश्चित बिन्दुमा रहेर ‘रेञ्ज बाउन्ड’ भइरहेको छ।
 
बजारका अन्य आधारभूत पक्षहरूमा भने तुलनात्मक रूपमा सुधार हुन सकेको छैन। बैंकहरूमा तरलता दबाब कायमै छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले पनि सार्वजनिक कार्यक्रमहरूमा सेयर धितो कर्जामा लगाइएको प्रतिव्यक्ति चार करोड र समग्र प्रणालीबाट १२ करोडको सीमा नलगाएको भए बैंकिङ क्षेत्रमा थप दबाब पर्ने अवस्था हुने बताइरहेका छन्। यो सीमामा फेरबदल नै भए पनि अहिले देखिएको तरलताको दबाबको कारण बैंकहरू सेयर धितो कर्जामा कम आकर्षित भइरहेका छन्। नयाँ लगानी गर्नुपूर्व यी पक्षमा ध्यान दिनुपर्ने देखिन्छ । लगानी गरिसकेकाहरूले भने लाभांश प्राप्त गर्ने अवधि भइरहेकाले हतासमा बिक्री बढाइहाल्नु सही नहुने देखिन्छ। बैंकिङ प्रणालीमा देखिएको दबाबको कारण केही समय पर्ख र हेरमै रहनु बुद्धिमानी हुनेछ।
  
बुधबार कारोबार रकम चार अर्ब २१ करोड रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा करोबार रकम पाँच करोड रुपैयाँले बढेको हो। यस दिन बैंकिङ, व्यापारमूलक र जीवन बिमा समूहबाहेक सबै समूहगत परिसूचकमा सुधार भएको छ। दुई सय २७ किसिमका धितोपत्र तथा ऋणपत्रलगायतको कारोबार हुँदा एक सय १८ वटाको मूल्य बढेको छ भने ९२ वटाको मूल्य घटेको छ।

सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरूको कारोबार मापक सूचक बढेको भए पनि क वर्गका कम्पनीहरूको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक भने घटेको छ। मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर पाँच सय ६५ रुपैयाँमा यस दिनको अन्तिम कारोबार भएको छ। गाेर्खा फाइनान्सको भने मूल्य सबैभन्दा धेरै २.५५ प्रतिशतले घटेको छ।