मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार ०६:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जोमसोमसम्म पाँचदिने डोमिनार राइड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार ०६:४७:००

बजाज मोटरसाइकल र डोमिनारको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज डोमिनार २५० का चालकहरूका लागि डोमिनार राइड कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीले काठमाडौंदेखि जोमसोमसम्मको पाँचदिने राइड कार्यक्रम गर्न लागेको हो । 

कार्यक्रम मंसिर ८ देखि १२ गतेसम्म हुने कम्पनीले जनाएको छ । यो डोमिनार चालकहरूका लागि तयार पारिएको पाँचदिने अल पेड ट्रिप रहेको जनाइएको छ । यस राइडमा रोमाञ्च र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुने उल्लेख छ । ‘राइड योर ओन स्टोरिज’का थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्ने कम्पनीको दाबी छ । यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने जनाइएको छ ।