
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लमजुङको दुईवटा प्रदेश क्षेत्रीय अधिवेशनको निर्वाचन सकिएको छ। प्रदेश ‘ क’ मा देउवा पक्षका दरजङ गुरुङ र प्रदेश ‘ ख’ मा पौडेल पक्षका रघुनाथ गुरुङ विजयी भएका छन् ।
प्रदेश ‘क’ मा दरजङ गुरुङले ३२८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी विजय गुरुङले २८८ मत प्राप्त गरेका छन्।
प्रदेश ‘ ख’ मा पौडेल पक्षका रघुनाथ गुरुङ ३९६ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी देउवा पक्षका जीवनचन्द्र गुरुङले १७९ मत प्राप्त गरेका छन् । यस्तै, शेखर कोइराला पक्षका अमृत न्यौपानेले ७४ मत ल्याएका छन् ।
प्रदेश क्षेत्र ‘ क’ मा दरजङको प्यानल नै विजयी भएको छ भने प्रदेश ‘ख’ मा रघुनाथको प्यानलनै विजयी भएको नेपाली कांग्रेस लमजुङले जनाएको छ।