१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २९ सोमबार
  • Friday, 23 August, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २९ सोमबार १३:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीले लाठीचार्ज गर्दा काठमाडौं जिल्ला बारका सदस्य घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २९ सोमबार १३:o४:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले गरेको आन्दोलनमा प्रहरीले लाठीचार्ज गर्दा एकजना घाइते भएका छन्। प्रहरीको लाठीचार्जबाट काठमाडौं जिल्ला बारका सदस्य वीरेन्द्र पाठकको खुट्टामा चोट लागेको छ।

माथिबाट हान्दा दमन भएको देखिने भएकाले प्रहरीले ढालले गोडामा हानेको घाइते पाठकले बताए। ‘शान्तपूर्ण आन्दोलनमा जाँदा बारको गेटबाट रोकियो। मूलगेटकेन्द्रित आन्दोलन भएकाले जसरी पनि त्यहीँ पुग्नु थियो। प्रहरीले माथिबाट हान्दा दमन भएको देखिन्छ भनेर ढालले गोडातिर हान्यो। कसैलाई चिमोट्ने, कसैलाई गोडामा धकेल्ने काम गर्‍यो। मेरो नलीहड्डीमा चोट लागेको छ,’ खुट्टाको चोट देखाउँदै पाठकले भने।