१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २८ आइतबार
  • Tuesday, 08 July, 2025
२o७८ कार्तिक २८ आइतबार १५:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलका कानुन व्यवसायी धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २८ आइतबार १५:५५:oo

न्यायपालिकाको विकृति–विसंगतिविरुद्ध नेपाल बार एसाेसिएसनले सुरु गरेको आन्दोलन आइतबारदेखि देशव्यापी भएको छ। बारको आह्वानमा आज बुटवलमा पनि कानुन व्यवसायीहरूले अदालतमा धर्ना दिएका छन्। 

देशभर रहेका बारका ९० एकाइले आन्दोलनमा साथ दिने क्रममा आज रुपन्देहीको बुटवल र भैरहवामा कानुन व्यवसायीले धर्ना दिएका छन्। रुपन्देहीमा उच्च अदालल बार एसाेसिएसन बुटवल र रुपन्देही जिल्ला अदालत बार एसाेसिएसनमा आबद्ध कानुन व्यवसायीहरूले अदालत अगाडि एक घन्टा हातमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् । बुटवलमा १०ः३० देखि ११ः३० सम्म र भैरहवामा १० बजेदेखि ११ बजेसम्म धर्ना दिइएको थियो।

आइतबारको धर्ना समापन गर्दै उच्च अदालत बार एसाेसिएसन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले न्यायपालिकाको विकृति–विसंगति अन्त्य गर्दै न्यायपालिकाको गरिमा कायम राख्न आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए। बार एसाेसिएसनले उठाएका मागहरूको सम्बोधन नभएसम्म केन्द्रको निर्देशनबमोजिम आन्दोलन जारी रहने उनले बताए।

मन्त्रिपरिषद्को भागबन्डामा मुछिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ।