१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०७८ कार्तिक २८ आइतबार ०९:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

उमङ र कुसुमले  सेकाहावासीलाई नचाए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
२०७८ कार्तिक २८ आइतबार ०९:३३:००

खाँदबारी नगरपालिका–४, सेकाहामा आयोजित संगीतिक कार्यक्रममा गायक उमङ लामा र गायिका कुसुम गुरुङले दर्शकलाई नचाएका छन् । शुक्रबार आयोजित कार्यक्रममा उमङले ‘देउराली बनेछ ढुङ्गाको...,’ ‘मेरी याङ्ला...,’ लगायत गीत गाउँदा दर्शकले उनलाई साथ दिएका थिए । उनले गायक स्व. खेमराज गुरुङको सम्मानका लागि ‘वारि जमुना, पारि जमुना...’ समेत गाएका थिए ।

यसैगरी, गायिका कुसुम गुरुङले ‘सुनमाया, पूर्वेली नानी, भिरमाथिको गाउँ..’ लगायत बोलका गीतहरू गाएकी थिइन् । त्यसपछि ‘इलामे सहर...’ बोलको गीत उमङ र कुसुम दुवैले सँगै गाएका थिए । कुसुमले लोकदोहोरी ‘बल्लै भो भेट...’ बोलको गीत गाउँदा दर्शकदीर्घाबाट ताली र चर्को हुटिङ भएको थियो । 

कार्यक्रममा अर्का गायक दिनेश गुरुङले ‘सम्झना राखे है र खाँदबारी बजार...’ बोलको गीत गाएका थिए । यस्तै, भविन गुरुङले ‘त्यो पारिको गाउँको...’, नवीन गुरुङले ‘खायो हिँड्यो, पाल्यो बोके दाह्री...’ बोलको गीत गाएर दर्शकहरूलाई मनोरञ्जन दिएका थिए । 

कार्यक्रममा अरुण भ्यू बोर्डिङ स्कुल र कुनिना बोर्डिङ स्कुलले प्रस्तुत गरेको डान्सले दर्शकको मन तानेको थियो । शुक्रबार दिउँसो एक बजे सुरु भएको सांगीतिक माहोल राति आठ बजेसम्म चलेको थियो । 

खाँदबारी नगरपालिका–४, सेकाहास्थित खेलमैदानमा दसैँ–तिहारका अवसरमा सेकाहा सामुदायिक विकास क्लबले सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । क्लबलाई सहयोग गर्ने दाताहरूलाई क्लबले सम्मानसमेत गरेको थियो ।

स्थानीय युवाले खेलमैदानका लागि जग्गा व्यवस्थापन गर्न सांगीतिक कार्यक्रमको आयोजना गरेको सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनीराज गुरुङ (चन्द्रशेखर)ले बताए ।