१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
प्रोग्रेसिभ इन्टरनेसनल
२o८१ जेठ ७ सोमबार o९:२o:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु परिवर्तनको मूल कारण पुँजीवाद

Read Time : > 3 मिनेट
प्रोग्रेसिभ इन्टरनेसनल
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:२o:oo

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी)को आउँदो प्रतिवेदनको तेस्रो दस्तावेज चुहिएको छ । यो दस्तावेजले पृथ्वीलाई जलवायु परिवर्तनको प्रतिकूलताबाट जोगाउन हालको पुँजीवादी मोडेलको अर्थतन्त्रको विकल्प खोज्नैपर्ने आवश्यकता औँल्याएको छ । यो खुलासाले ७ अगस्टमा एक स्पेनी अनलाइनको आलेखमा उल्लिखित ‘बढीमा चार वर्षभित्र हरितग्यास उत्सर्जन चरम बिन्दुमा पुग्नेछ’ भन्ने दाबीलाई पनि पुष्टि गरेको छ । यो दस्तावेजले विश्वमा थप आर्थिक वृद्धि हुने सम्भावना कम रहेको दाबीलाई पनि स्वीकार गरेको छ । 

साइन्टिस्ट रेबिलियन एन्ड एक्स्टिङ्सन रेबिलियन स्पेनले खुलासा गरेको आइपिसिसीको छैटौँ प्रतिवेदनको तेस्रो दस्तावेजलाई यो आलेखका लेखकहरू (जो वैज्ञानिक र पत्रकार हुन्)ले विश्लेषण गरेका छन् । यो खुलासाले प्रभावकारी एवं न्यायपूर्ण परिवर्तनको पहलसम्बन्धी वैज्ञानिक समुदायका बुझाइ र यसको वास्तविक कार्यान्वयनबाट प्राप्त न्यूनतम उपलब्धिबीचको विशाल भिन्नतालाई सतहमा ल्याइदिएको छ । सौभाग्यवश ! केही समयअगाडि जुन माग गर्न हिच्किचाउनुपथ्र्याे वा अकल्पनीय हुन्थ्यो, ती माग अहिले सतहमा आउन थालेका छन् । 

विश्लेषणमा प्रवेश गर्नुअघि सन् १९९० मा आएको आइपिसिसीको पहिलो प्रतिवेदनतर्फ फर्काैं । सो प्रतिवेदनले मोटामोटी रूपमा बढ्दो वैश्विक तापमानका लागि प्राकृतिक परिवर्तनशीलतालाई जिम्मेवार ठहर्‍याएको थियो । लगत्तैको प्रतिवेदनले त्यसलाई अस्वीकार गरेको थियो । यद्यपि, छैटौँ प्रतिवेदनको पहिलो औपचारिक दस्तावेज नआउन्जेलसम्म विश्व तापमान वृद्धिका लागि मानव जगत् नै जिम्मेवार रहेको ठहरिने तथ्य पूर्ण रूपमा पुष्टि भएको थिएन । छैटौँ प्रतिवेदनको पहिलो औपचारिक दस्तावेजले जीवाश्म इन्धनमा छुट हुनुपर्छ भनेर लबी गर्ने तथा जलवायु परिवर्तनलाई अस्वीकार गर्नेहरूलाई प्रतिवाद गर्ने ठाउँ नै बाँकी राखेन । 

जलवायु परिवर्तन नियन्त्रणका लागि गरिने आवश्यक परिवर्तन लाभपूर्ण छ र अप्ठ्यारो छैन भनेर कसरी प्रत्याभूति दिलाउने ? अहिलेको मूल प्रश्न यही हो । खुलासा भएको प्रतिवेदनले असीमित आर्थिक वृद्धिको लालसा त्याग्नुको विकल्प नरहेको पुष्टि गरेको छ । अबको मार्ग तय गर्ने सन्दर्भमा उत्सर्जनका लागि कुन मुलुक कसरी जिम्मेवार छ भन्ने राम्ररी बुझ्नु, सहर कि गाउँ जिम्मेवार छन् हेर्नु र तिनका भिन्नता बुझ्नु आवश्यक हुन्छ, ता कि एकको मूल्यमा अर्काेले नाफा नकमाओस् ।

बेहिसाब धनी र गरिबका बीचमा बढ्दो आर्थिक असमानताको पनि सम्बोधन गरिनुपर्छ । यदि परिवर्तनको विकल्पले यी तीन परस्पर द्वैधतालाई सम्बोधन गर्दैन भने त्यो विकल्पले समर्थकभन्दा शत्रु ज्यादा जन्माउनेछ र परिवर्तन तुहिनेछ । ‘प्रयोगधर्मी अर्थशास्त्रअनुसार न्यायपूर्ण नलाग्ने उपायहरूलाई मानिसले अस्वीकार गर्छन्, चाहे अस्वीकार गर्नुको मूल्य स्वीकारको भन्दा उच्च नै किन नहोस्’, उक्त दस्तावेजमा उल्लेख छ । असमानता अस्वीकार गर्ने यो जनअवधारणालाई परिवर्तन गर्न सकियो नै भने पनि वैज्ञानिकहरू यस्ता परिवर्तन सामान्यतः सरल र नियमित नहुने, बरु आकस्मिक एवं विध्वंसात्मक हुने चेतावनी दिन्छन् । वैज्ञानिकहरू यथास्थितिवाद प्रचलनमा रहेका वेला गरिनुपर्ने परिवर्तनलाई हालको पुँजी, संस्था एवं सामाजिक मान्यताहरूले अवरोध पुर्‍याउन सक्ने पनि बताउँछन् । वैज्ञानिकहरू दुई शताब्दीदेखि विकासको केन्द्रबिन्दु जीवाश्म इन्धन रहेकाले कार्बन उत्सर्जनमा रोक वा न्यूनीकरणको पहलप्रति स्वाभाविक रूपमा प्रश्न उठ्ने औँल्याउँछन् । 

खनिज तेल कम्पनीहरूलाई सघाउने नीतिहरूले हावा, पानी, जंगल, जमिनलगायतका हाम्रा साझा सम्पत्तिको दोहन गर्छ । त्यसको लाभ सानो तप्कामा पुग्छ । असमानता अत्यधिक बढिरहेको सन्दर्भमा हरित नीतिहरू पुनर्वितरणकारी हुनैपर्छ । आर्जन गरिएको राजस्वलाई निम्न एवं मध्यमवर्गीय मानिसको हितमा पुनर्वितरण कार्बन उत्सर्जन न्यूनीकरण गर्न ल्याइएका प्रस्तावहरूमध्येको एक उपाय हो । तर, मानवशास्त्री जेसन हिकल जीवाश्म इन्धनलाई बन्द नराउन्जेलसम्म कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य केवल कोरा गफ मात्रै हुने टिप्पणी गर्छन् । खुलासा भएको दस्तावेजको मुख्य बुँदा भन्छ– केही वैज्ञानिक जलवायु परिवर्तन औद्योगिक विकासको परिणाम भएको, विशेषगरी पुँजीवादी समाजको सामाजिक एवं आर्थिक विकासले अतिशय उत्सर्जन गराउँदै लगेको भन्दै यो व्यवस्था नै दिगो नरहेकोमा जोड दिन्छन् । यस्ता निचोड पहिले पनि नआएका होइनन्, यद्यपि हामीले यो विषय विश्वकै अग्रणी जलवायु परिवर्तन प्रतिवेदनमा यति प्रस्टताका साथ लेखिएको भने भेटेका थिएनौँ । 

वायुमण्डललाई साझा मानेर एक–अर्कासँग सहकार्य गर्‍यौँ भने मात्र हामी जलवायु कहरबाट जोगिन सक्नेछौँ

मौजुदा आर्थिक मोडेलअन्तर्गत रहेर उत्सर्जन कम गर्ने लक्ष्यहरू हासिल गर्न असम्भव छ, किनकि उत्सर्जन कम गर्दा ऊर्जा उत्पादन पनि कम हुनेछ । १७ वटै दिगो विकास लक्ष्य उत्सर्जनसँग जोडिन्छन् । दिगो विकास लक्ष्यमा आर्थिक असमानताको अन्त्य र जैविक विविधताको रक्षाजस्ता अपरिहार्य लक्ष्यका साथै दिगो आर्थिक वृद्धिजस्ता विरोधाभासपूर्ण लक्ष्यहरू पनि अंगीकार गरिएका छन् । 

आइपिसिसीमा वैज्ञानिक बहस उजागर गर्ने चलन छ । सन् १९९० ताका जलवायु परिवर्तनका कारणहरूमा बहस केन्द्रित थियो । प्रतिफलविहीन ३० वर्षपश्चात् पनि उत्सर्जन न्यूनीकरण एवं आर्थिक वृद्धि सँगसँगै जान सक्छ भन्ने मत र कारणबारेको मत पनि जलावायु परिवर्तनलाई अस्वीकार गर्ने मत नै हो भनेर बहस भइरहेको छ । अझै गहिरिएर हेर्दा जलवायु परिवर्तन एवं आर्थिक वृद्धिसँगै जानुपर्छ भन्नेहरू तिनै देखिन्छन्, जसले वैश्विक तापमान वृद्धिमा सन्देह गरेका थिए । 

आइपिसिसीको यो प्रतिवेदनले कार्बन उत्सर्जनको निरूपण र दिगो विकासका लक्ष्यहरू क्रमिक परिवर्तनबाट हासिल हुन नसक्ने उल्लेख गरेको छ । हरितगृह ग्यासलाई वायुमण्डल कम गर्ने कार्बन प्रविधिहरूको व्यापक विकासमा एकदमै केन्द्रित हुन जरुरी छ । तर, यसो गर्न सकिएको छैन । पारिस्थितिक प्रणालीको कार्बन अवशोषण क्षमता दिनानुदिन घट्दै गइरहेको छ, जसले पृथ्वीलाई पुरानो अवस्थामा नफर्किने गरी परिवर्तन गर्दै, तताउँदै लगेको छ । तसर्थ, जलवायु कहरबाट जोगिने अन्तिम विकल्प भनेकै आर्थिक वृद्धिको पुँजीवादी मोडेलको अन्त्य नै हो । प्रतिवेदनले अन्तर्राष्ट्रिय सहकार्यको ‘संगठित पाखण्ड’लाई पनि उजागर गरेको छ ।

गराइ र भनाइबीच तादात्म्य नहुनु नै कार्बन उत्सर्जन उन्मूलनको प्रमुख बाधक रहेको आइपिसिसी प्रतिवेदनको ठहर छ । आइपिसिसीले हामीलाई कोभिड–१९ महाव्याधिका पाठहरू सिक्न पनि सुझाएको छ । रोकथाम रोगको उचारभन्दा कम खर्चिलो र पीडादायी हुने पनि सम्झाएको छ । समयमै पहलकदमी नलिने हो भने अप्रत्याशित परिणामसहित चुनौतीहरू तीव्रताका साथ बढ्नेछन् । दिगो विकासको अवधारणा नै विरोधाभासपूर्ण रहेको सन्दर्भमा जबसम्म विकास र सपन्नतालाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी)सँग दाँज्न छोडेर कम प्रतिस्पर्धामा आधारित मोडेलमा लगिँदैन, तबसम्म दिगो विकास सम्भव हुँदैन । दिगो विकास ठाडो नभई तेर्साे हुन्छ । र, यसले मात्रै असमानता घटाउँछ । बहुसंख्यकलाई लाभान्वित गराउने विधि सोच्नुपर्छ, अन्यथा जलवायु कहरको कुनै समाधान छैन ।

प्रतिस्पर्धाले जीवहरूको विकासमा सहयोग पुर्‍याएको सही हो, तर सूक्ष्म जीवविज्ञ लिन मर्गुलिसले जीव विकासक्रमका लागि सहकार्य महत्वपूर्ण रहेको देखाइसकेकी छन् । हामी अहिले पारिस्थितिक एवं ऊर्जा संकटको दलदलमा छौँ । हामी त न्यून ऊर्जामै पनि सुखी जीवन व्यतीत गर्न सक्छौँ, तर पुँजीवाद उत्परिवर्तन भएर प्रविधिगत सामन्तवादमा रूपान्तरण नहुँदासम्म न्यून ऊर्जामा टिक्न सक्दैन । वायुमण्डललाई साझा मानेर एकअर्कासँग सहकार्य गर्‍यौँ भने मात्र हामी जलवायु कहरबाट जोगिन सक्नेछौँ । 
(लेखकहरू पत्रकार एवं वैज्ञानिक अभियन्ता हुन्)  प्रोग्रेसिभ इन्टरनेसनल 

ad
ad