१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नबिलले प्रदेश १ का साना तथा मध्यम कृषि उद्यमलाई प्रवद्र्धन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:१३:oo

नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय पर्वद्धन एवं सुदृढीकरण गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले हस्ताक्षर गरेका हुन् । 

बैंकले प्रमुख एजेन्सीका रूपमा स्विस कन्ट्याक्ट र वातावरणीय तथा कृषिनीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) परियोजना सहजबीच प्रदेश १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम पर्वद्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले सम्झौता गरेको जनाएको छ । यसैअनुसार बैंक र सहजबीच परियोजना तयार गरिएको जनाइएको छ ।

सम्झौतापछि बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकले सदैव वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको र कृषि क्षेत्रमा गरीने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । त्यस्तै, स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसर सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालासँग साझेदारीमा विश्वास रहेको बताए । 

बैंकले देशभरमा एक सय ३५ शाखा, एक सय ८८ एटिएम, सातवटा एक्सटेन्सन काउन्टर एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad