१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २२ सोमबार १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका सम्मानित नेता खनाल काममा फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार १७:४o:oo

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि पार्टी काममा फर्किएका छन्। खनाल केन्द्रीय कार्यालय, मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर विदेश विभागको बैठकमा सहभागी भएका हुन् । खनाल नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुख हुन् । 

उनले विभागका सदस्यहरूसँग विभागका आगामी कामबारे छलफल गरेका छन्। उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

गत २० साउनमा भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरूको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए । मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट गत १४ भदौमा स्वदेश फर्किएका थिए। 

चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण उनी कुनै पनि कार्यक्रममा सहभागी भएका थिएन्। खतिवडाका अनुसार अझै केही समय खनाल सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने भएका छन् । तर, पार्टीका आन्तरिक गतिविधिमा भने उनी सहभागी हुने भएका छन्। 

२७ र २८ कात्तिकमा केन्द्रीय कमिटी बैठक
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठक २७ र २८ कात्तिकमा ललितपुरमा बस्ने भएको छ। ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ कात्तिकको बिहान ११ः०० बजे अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने खतिवडाले बताए।