१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:४२:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विद्युतीय बस सञ्चालन गर्दै ललितपुर महानगरपालिका

४० वटा विद्युतीय बस ल्याउन साझा यातायातले गर्‍यो सम्झौता

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:४२:oo

ललितपुर महानगरपालिकाले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । बस सञ्चालनका लागि असोज पहिलो साता टेन्डर आह्वान भएको थियो । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै जाने नीतिअनुरूप महानगरले विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । ‘बस सञ्चालनका लागि टेन्डर आह्वान भई सम्झौता भइसक्यो । तिहारपछि महानगरबासीले विद्युतीय बस चढ्न पाउँछन्,’ महानगर प्रमुख चिरिबाबु महर्जनले भने । 

विद्युतीय बस सञ्चालनका लागि महानगरले बस रुट भने तय गरिसकेको छ । तय भएको दुई रुटमध्ये पहिलो रुट महानगरको प्रांगण हुँदै मंगलबजार, कुमारीपाटी, पुल्चोक हुँदै महानगरको प्रांगणमै आइपुग्नेछ । दोस्रो रुटअनुसार महानगरको प्रांगणबाट मंगलबजार, सुन्धारा, महाबौद्ध, लगनखेल, एकान्तकुना, जाउलाखेल, पुल्चोक, कुपन्डोल हुँदै महानगरकै प्रांगणभित्र आइपुग्ने महानगरले जनाएको छ । नगर क्षेत्रमा विद्युतीय गाडीलाई प्राथमिकता दिई पर्यटकीय क्षेत्रमा विद्युतीय सवारी सञ्चालनमा ल्याउँदै जाने महर्जनले जानकारी दिए ।
महानगरले डिजेल र पेट्रोलबाट चल्ने सवारीलाई विस्थापित गर्दै जाने भएको छ । ‘पहिलो चरणमा चारवटा बस सञ्चालन गर्दै छौँ । त्यसको प्रभावकारिता हेरेर थप्दै पनि जानेछौँ,’ महर्जनले भने, ‘बिस्तारै डिजेल, पेट्रोल सवारीलाई विस्थापित गर्दै विद्युतीय सवारीलाई राख्ने हो ।’ 

पहिलो चरणमा चारवटा बस सञ्चालन गर्न लागेको महानगरले पर्यटक, ज्येष्ठ नागरिक र बालबालिकाका लागि भने निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । कति उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकालाई शुल्क नलिने भन्ने विषय कार्यविधि बनाउँदा समावेश गर्ने महानगरले जनाएको छ । कार्यविधि बनाएर विद्युतीय बस सञ्चालनका लगि छलफलसमेत सुरु भइसकेको छ । महर्जनले विद्युतीय बस सञ्चालनका लागि बजेट अभाव नहुने स्पष्ट पारे ।

महानगरपालिकाले विद्युतीय बस सञ्चालनका लागि आर्थिक वर्ष ०७५/७६ मै साढे दुई करोड रकम विनियोजन गरेको थियो । ०७५ असारमा विद्युतीय बसका लागि रकम विनियोजन भए पनि साझा यातायातको नियम परिवर्तन हुँदा बस सञ्चालनमा ढिलो भएको महर्जनको भनाइ छ । ‘हामीले विद्युतीय बस चलाउन साढे दुई वर्षअगाडि नै रकम विनियोजन गरेका हौँ । तर, बीचमा साझा यातायातको नियममा परिवर्तन भएका कारण रोकियो । हामीले लगानी मात्र गर्ने हो, सबै काम उहाँहरूकै तर्फबाट हुने हो,’ उनले भने, ‘हामीसँग विद्युतीय बस सञ्चालन गर्न सक्ने जनशक्ति छैन । सार्वजनिक सवारीको क्षेत्रमा लामो समयदेखि उहाँहरूसँग काम गरेको अनुभव छ । त्यही कारण साझा यातायातबाटै काम गराउन खोजेका हौँ ।’ उनका अनुसार विद्युतीय सवारी चलाउने प्रयास गर्नुको कारण प्रदूषण घटाउने, नेपाल विद्युत्मा आत्मनिर्भर हुँदै गएको अवस्थामा कम खर्चमै सञ्चालन हुन सक्ने भएकाले हो ।

चार महिनाभित्र चार्जिङ स्टेसन बनाउने
सञ्चालक समिति सदस्य तुलाधरका अनुसार चार महिनाभित्र विद्युतीय बस सञ्चालनका लागि चार्जिङ स्टेसन पनि निर्माण हुनेछन् । ‘बस कस्तो खालको आउँछ, त्यसअनुसार चार्जिङ स्टेसन निर्माण गर्छाैं,’ तुलाधरले भने, ‘चार्जिङ स्टेसन निर्माणका लागि विद्युत् प्राधिकरणसँग छलफलमा छौँ । चार महिनाभित्र चार्जिङ स्टेसन निर्माण हुने गरी काम गर्छौं ।’ बस चालकबाहेक ३६ सिटको हुनेछ । अपांगमैत्री बसमा ह्विलचियरसमेत सहजै अटाउनेछ ।

बस ल्याउने सम्झौता भए पनि अहिलेसम्म बस सञ्चालनको रुट भने निर्धारण हुन नसकेको साझा यातायातले बताएको छ । तर, साझाले ल्याउने बसका मुख्य रुट काठमाडौं र ललितपुरका भित्री सडक नै हुनेछन् । सञ्चालक समिति सदस्य तुलाधरका अनुसार प्रदूषणको मुख्य केन्द्र काठमाडौं भएकाले सुरुमा ल्याइएका बस काठमाडौं र ललितपुरका भित्री सहरमा गुड्नेछन् । विद्युतीय बस गुडाउन चार्जिङ स्टेसनको व्यवस्थाका लागि साझाले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरिसकेको छ ।

साझा यातायातले आह्वान गरेको टेन्डरमा नान्जिङ गोल्डेन डार्गन बस कर्पोरेसन लिमिटेड, विक्वी फोटोन मोटर कम्पनी लिमिटेड, झोङटोङ बस होल्डिङ कर्पोरेसन लिमिटेड, चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन, सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेसन, बिवाइडी अटो इन्ड्रस्ट्री कर्पोरेसन लिमिटेड, एनहुई एनकाई अटोमोबाइल कर्पोरेसन लिमिटेड, चेरी एन्ड वान्डा बस कर्पोरेसन लिमिटेड, झुनहाई गाउनटोङ अटोमोबाइल कर्पोरेसन लिमिटेडले आवेदन दिएका थिए । जसमध्ये सिएचटिसी कम्पनी छनोट भएको हो । गत माघमा आफ्नै निर्णय उल्ट्याउँदै सरकारले विद्युतीय बस खरिद गर्न साझा यातायातलाई नै जिम्मा दिने निर्णय गरेको थियो । जसका कारण साझाले विद्युतीय बस किन्ने प्रक्रिया अगाडि बढाएको हो । काठमाडौं उपत्यकामा विद्युतीय बस गुडेमा केही हदसम्म भए पनि अहिले बढेको प्रदूषण कम गर्न मद्दत पुग्ने विज्ञहरू बताउँछन् ।

विद्युतीय बसका लागि चिनियाँ  कम्पनीसँग सम्झौता
४० वटा विद्युतीय बस खरिदका लागि साझा यातायातले चिनियाँ कम्पनी सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेसनसँग सम्झौता गरेको छ । २२ असोजमा बस खरिदका लागि द्विपक्षीय सम्झौता भएको साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले बताए । ‘बस खरिदका लागि हामीले सम्झौता गरेका छौँ । सम्झौताअनुसार अबको चार महिनाभित्र तीनवटा र बाँकी चार महिनाभित्र ३७ वटा बस आउनेछन्,’ उनले भने । 

सम्झौताअनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार पाँच सय ५० अमेरिकी डलर अर्थात् ४४ करोड ८६ लाख रुपैयाँ तिर्नेछ । पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्ट्सका लागि ६ करोड ७३ लाख ६५ हजार रुपैयाँ साझाले अलग्गै व्यहोर्ने सर्त सम्झौतामा भएको साझा यातायातले जनाएको छ । बसका लागि आवश्यक चार्जरलगायत उपकरण र पाँच वर्षसम्मको मर्मत आपूर्तिकर्ता कम्पनी आफैँले गर्नुपर्नेछ । कम्पनीले २० वटा चार्जरसमेत साझालाई उपलब्ध गराउने भएको छ । कम्पनीले ल्याउने ९० किलोवाटको चार्जरमा दुईवटा ४५–४५ किलोवाटका गन हुनेछन् । जसका कारण चार घन्टामा बस फुल चार्ज गर्न सक्ने बताइएको छ । 

तिहारपछि महानगरबासीले विद्युतीय बस चढ्न पाउँछन्
बस सञ्चालनका लागि टेन्डर आह्वान भई सम्झौता भइसक्यो । तिहारपछि महानगरबासीले विद्युतीय बस चढ्न पाउँछन् । हामीले विद्युतीय बस चलाउन साढे दुई वर्षअगाडि नै रकम विनियोजन गरेका हौँ । तर, बीचमा साझा यातायातको नियममा परिवर्तन भएका कारण रोकियो । हामीले लगानी मात्र गर्ने हो, सबै काम उहाँहरूकै तर्फबाट हुने हो । हामीसँग विद्युतीय बस सञ्चालन गर्न सक्ने जनशक्ति छैन । सार्वजनिक सवारीको क्षेत्रमा लामो समयदेखि उहाँहरूसँग काम गरेको अनुभव छ । त्यही कारण साझा यातायातबाटै काम गराउन खोजेका हौँ ।

तिहारपछि महानगरबासीले विद्युतीय बस चढ्न पाउँछन्
चिरिबाबु महर्जन, प्रमुख, ललितपुर महानगरपालिका

बस सञ्चालनका लागि टेन्डर आह्वान भई सम्झौता भइसक्यो । तिहारपछि महानगरबासीले विद्युतीय बस चढ्न पाउँछन् । हामीले विद्युतीय बस चलाउन साढे दुई वर्षअगाडि नै रकम विनियोजन गरेका हौँ । तर, बीचमा साझा यातायातको नियममा परिवर्तन भएका कारण रोकियो । हामीले लगानी मात्र गर्ने हो, सबै काम उहाँहरूकै तर्फबाट हुने हो । हामीसँग विद्युतीय बस सञ्चालन गर्न सक्ने जनशक्ति छैन । सार्वजनिक सवारीको क्षेत्रमा लामो समयदेखि उहाँहरूसँग काम गरेको अनुभव छ । त्यही कारण साझा यातायातबाटै काम गराउन खोजेका हौँ ।

फागुनसम्म सबै बस आउनेछन्
 भुषण तुलाधर, सञ्चालक समिति सदस्य, साझा यातायात

बस खरिदका लागि हामीले सम्झौता गरेका छौँ । सम्झौताअनुसार अबको चार महिनाभित्र तीनवटा र बाँकी चार महिनाभित्र ३७ वटा बस आउनेछन् । बस कस्तो खालको आउँछ, त्यसअनुसार चार्जिङ स्टेसन निर्माण गर्छाैं । चार्जिङ स्टेसन निर्माणका लागि विद्युत् प्राधिकरणसँग छलफलमा छौँ । चार महिनाभित्र चार्जिङ स्टेसन निर्माण हुने गरी काम गर्छौं ।
 

ad
ad