१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
एजेन्सी मस्को
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह

Read Time : < 1 मिनेट
एजेन्सी मस्को
नयाँ पत्रिका मस्को
Invalid date format १३:५१:oo

कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरूमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितरणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गरेका छन्। उनले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जी–२० का सदस्य राष्ट्रहरूले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिएका छन्।

उनले भनेका छन्, ‘सबै देशले कोरोना भाइरसविरुद्धको खोपको वितरणका साथै यसको उपलब्धताका विषयमा पनि सुनिश्चित गर्नुपर्छ र यस विषयमा आपसमा समन्वय गरेर अघि बढ्नुपर्दछ।’ जी–२० को १६औँ सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले विश्वमा नै यो खोपका विषयमा अस्वस्थ प्रतिस्पर्धाका साथै असमान वितरण र यसको विवरण अध्यावधिक गर्ने काममा पनि चुस्तता नभएकाले यो समस्या भएको बताए।

खोपको विवरण अध्यावधिक राख्ने र अहिलेसम्म पनि पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेका देशमा उपलब्ध गराउने भन्दै यसका लागि जी–२० देशहरूले काम गर्नुपर्नेमा उनको जोड थियो। साथै राष्ट्रपति पुटिनले यस कार्यमा विश्व स्वास्थ्य संगठनको भूमिका महत्वपूर्ण रहेको भन्दै यसका लागि उक्त संगठनलाई अरू देशले आवश्यकताअनुसार सहयोग गर्नुपर्ने धारणा राखे।