
नेपालमा कोभिड–१९ संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बंगलादेश बैंक लिमिटेडले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई औषधि सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि उपलब्ध गराएको हो ।
उक्त औषधि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अस्पतालका निर्देशक डा.अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन् । बैंकले कोभिड–१९ संक्रमणको उच्च जोखिमका वेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सराहना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ । बंगगलादेशस्थित साझेदार बैंक आइएफआइसी बैंक लिमिटेडसँग मिलेर आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार भायल तथा २०७८/७८ मा पनि पाँच हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोगस्वरूप प्रदान गरेको उल्लेख गरेको छ ।
हाल बैंकले एक सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ एटिएममार्फत ‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।