१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौैं
२०७८ कार्तिक ४ बिहीबार १९:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इँटाभट्टाका साझेदारकै योजनामा खुकुरी प्रहार, दुई अझै फरार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
२०७८ कार्तिक ४ बिहीबार १९:३४:००

व्यावसायिक साझेदारकै योजनामा इँटाभट्टा व्यवसायीको खुकुरी हानी हत्या प्रयास भएको खुलेको छ । गत १० असोजमा उच्च अदालत विराटनगरको गेटमा काभ्रेका कलामसिंह लामामाथि खुकुरी प्रहार भएको थियो । 

उनका व्यावसायिक साझेदार मोहम्मद साजिक मियाँकै योजनामा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । मियाँ र खुकुरी प्रहारमा संलग्न विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने घटनामा संलग्न अन्य दुईजना अझै फरार छन् । 

भक्तपुरका रमेश राजबाहक र मोरङका नेत्र कट्टेल फरार छन् । प्रहरीले उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको छ । चारजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन लागिएको छ । 

व्यावसायिक साझेदारीकै विषयमा विवाद हुँदा खुकुरी प्रहार भएको देखिएको मोरङका एसपी जनार्दन जिसीले बताए । ‘घटनामा संलग्न साझेदारसहित दुईजना पक्राउ परिसकेका छन्,’ एसपी जिसीले भने, ‘दुईजना फरार छन्, उनीहरूको खोजी भइरहेको छ ।’ 

५० हजार रुपैयाँ दिएर लामामाथि खुकुरी हान्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो । योजनाकारमध्येका एक राजबाहकसमेत भएको प्रहरीले जनाएको छ । उनी काठमाडौंमा खुलेआम हिँडे पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।