१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ कार्तिक ४ बिहीबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिन्दू धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विरोधमा वीरगन्जमा प्रदर्शन

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ४ बिहीबार ११:३७:००

केही दिनअघि बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भएको आक्रमणकाे विरोधमा वीरगन्जमा प्रदर्शन भएको छ । विश्व हिन्दू परिषद् नेपाल वीरगन्जको आयोजनामा बुधबार घन्टाघर चोकमा भएको प्रदर्शनको क्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहनसमेत गरेका हुन् ।

बंगलादेशमा निरन्तर हिन्दूमाथि आक्रमण तथा हिन्दूहरूको आस्थाको केन्द्रको रूपमा रहेको मठ–मन्दिरमा तोडफोड तथा आगजनी गरे पनि आरोपित मुस्लिमलाई कारबाही नगरेको भन्दै  विरोध गर्दै पुत्ला दहन गरेको प्रदर्शनकारीहरूले बताएका छन् ।

हिन्दूमाथि भएको घटनाप्रति आक्रोशित परिषद् तथा हिन्दू समाजका युवाहरूले हसिनाविरुद्ध प्रदर्शन गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीले नगर परिक्रममा गरेका थिए ।

माईस्थानबाट निस्केको  जुलुसले आदर्शनगर, अलखियामठ, अडिअर्वा हुँदै घन्टाघर चोकमा  पुगेर बंगलादेशी प्रधानमन्त्री हसिनाको पुत्ला दहन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले हिन्दूमाथिको दमन बन्द गर, बंगलादेशी सरकार मुर्दावाद, शेख हसिना मुर्दावाद, मुस्लिम आयोग खारेज गर, इस्लामिक आतंक बन्द गर, जय श्रीरामलगायतका नारा लगाएका थिए ।

हिन्दू धर्मावलम्बीहरूमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै विरोध प्रदर्शन गरिएको विश्व हिन्दू परिषद् नेपालले जनाएको छ ।