मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३१ आइतबार
  • Thursday, 13 August, 2026
२o७८ असोज ३१ आइतबार ११:३९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नवलपुरमा निर्माणाधीन सबस्टेसन अन्तिम चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३१ आइतबार ११:३९:oo

सर्लाहीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। लालबन्दी नगरपालिका– १ को नवलपुरमा १३२–३३ केभिए प्रसारण लाइनका लागि सबस्टेसनको निर्माण  जारी छ। 

जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले करिब ४६ करोड ३६ लाख रुपैयाँको लागतमा सो सबस्टेसन बनाएको हो।  आर्थिक वर्ष ०७५/७६ देखि यसको निर्माण सुरु भएको हो। सबस्टेसनका प्रमुख निरन्जन साहले लकडाउनका कारण समयमै निर्माण सम्पन्न गर्न सक्ने अवस्था नदेखिएको भए पनि चालू आवभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए। अबको एक महिनामा निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको उनले बताए।

सबस्टेसन निर्माण सम्पन्न भएपछि हरिपुर, मलंगवाका सबस्टेसनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युतसम्बन्धी समस्या समाधान हुने प्रमुख साहको भनाइ छ। जिल्लामा रहेका तीन सबस्टेसन ३३–११ केभिएका मात्र  रहेका कारण विद्युतसम्बन्धी समस्या आएको थियो। अब यो सबस्टेसन बनेपछि त्यो समस्या समाधान हुने विश्वास लिइएको छ।

अहिले जिल्लामा रहेका तीनवटा सबस्टेसनले धनुषाको ढल्केबर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेसनबाट विद्युत् ल्याउनु परिरहेको छ। अब नवलपुरको सबस्टेसन निर्माण सम्पन्न भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सीधै र हरिपुर र मलंगवाका सबस्टेसनबाट सेवा सञ्चालन हुनेछ।

आव ०७८/७९ भित्र निर्माण सम्पन्न गर्ने गरी पावाटेक वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो। जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्‍याउनका लागि सबस्टेसन निर्माणको काम गरिएको र अबको करिब एक महिनमा निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि एचपी लामाले बताए। सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ।

नवलपुरमा रहेको सबस्टेसनमा १३२–३३ को ६३ एमभिए र ३३–११ को १६ एमभिएका गरी दुईवटा ट्रान्सफर्मरबाट जिल्लाको विद्युत् आपूर्ति परिपूर्ति हुने निर्माण कम्पनीले जनाएको छ। अहिले जिल्लामा ३३–११ केभिएका क्षमता रहेका सबस्टेसन छन्।  अहिले जिल्लाको विद्युत् भार थेग्न नसकिरहेको सबस्टेसनका प्रमुख साहले बताए। रासस