मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ३० शनिबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका इस्लामावाद
२o७८ असोज ३० शनिबार १५:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुल हमलाको सुरक्षा परिषद् र पाकिस्तानद्वारा निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
नयाँ पत्रिका
२o७८ असोज ३० शनिबार १५:४५:oo

अफगानिस्तानको मस्जिदमा भएको बम विस्फोटको पाकिस्तान र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी हमलाको निन्दा गरेको हो। नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिदजस्तो स्थानमा गएर उनीहरूको हत्या गरिनु जघन्य अपराध भएको विज्ञप्तिमा जनाइएको छ। 

शुक्रबार अफगानिस्तानको कान्दाहारस्थित सिया मुस्लिम समुदायका नागरिकको मस्जिदमा प्रार्थनाका वेलामा भएको सो विस्फोटमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ। शुक्रबार अपराह्न एकैपटक भएका तीनवटा विस्फोटमा परेर कम्तीमा ६८ जना घाइते भएकाे अफगानिस्तानको सुरक्षा निकायले जनएको छ। 

यसैगरी राष्ट्रसंघीय सुरक्षा परिषद्को शुक्रबारको बैठकले पनि हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।

शुक्रबार तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको र अन्य दुईजना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रमण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेकाले गर्दा धेरै नागरिकको ज्यान गएको बताइएको  छ। रासस