मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २७ बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o७८ असोज २७ बुधबार १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा पलान्चाेक भगवतीको दर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o७८ असोज २७ बुधबार १३:४o:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको महाअष्टमीको दिन आज बुधबार बिहान काभ्रेपलान्चाेकको पलान्चाेक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन्। पाँचखाल नगरपालिका– ९ पलान्चाेकस्थित भगवती मन्दिरमा उनले राष्ट्रपति भएपछि तेस्रोपटक पूजाआजा गरेकी हुन्। गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो। 

राष्ट्रप्रमुखले बडादसैँको अवसरमा पलान्चाेक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भीम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्यान्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए। 

हेलिकाेप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी राष्ट्रपतिलाई कडा सुरक्षाका साथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पुर्याइएको थियो। 

करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलान्चाेक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलान्चाेक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्ती छ। यो मन्दिरमा विशेष गरी दसैँ, माघे–सङ्क्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ । रासस