मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २७ बुधबार
  • Thursday, 13 August, 2026
२o७८ असोज २७ बुधबार १o:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

छैन शिक्षक सरुवाको रेकर्ड, इकाइ प्रमुख भन्छन्, ‘देशभर नभएको जात्रा बाग्लुङमा भयो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २७ बुधबार १o:१८:oo

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बाग्लुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ। पालिकाले उनीहरूको सरुवा गरेको हो। नयाँ नियुक्ति पनि गरेको छ। तर, उनीहरूको रेकर्ड भने शिक्षा विकास तथा समन्वय इकाइमा छैन।

इकाइले लागत तथा रेकर्ड नराख्दा ती शिक्षक निवृत्त भएपछि पाउने सेवा सुविधामा समस्या पर्छ। ‘अहिले पालिकाबाटै तलब–भत्ता खाएकाले शिक्षकले केही थाहा पाएका छैनन्, तर जब ग्रेड, सरुवा भएको रेकर्ड र स्थायी फाइल खोज्नुपर्छ त्यतिवेला पालिकाम केही भेटिँदैन,’ इकाइ प्रमुख कुश्मराज उपाध्यायले भने, ‘देशभर नभएको जात्रा बाग्लुङमा भएको छ ।’ 

बाग्लुङ नगरपालिकाले त सामान्य बोधार्थसमेत नदिएर शिक्षकको लागत गोप्य राखेको उनले बताए। जिल्ला समन्वय समितिमा भएको वार्षिक समीक्षामा उनले उक्त गुनसो राखेका थिए।  जिल्लामा अहिले पनि कति शिक्षक दरबन्दी आवश्यक छ, कति जना कुन पालिकामा पठाउने भनेर खोजी भइरहेको उनले जानकारी दिए।