मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज २४ आइतबार १८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अल्पमतमा परेकी बागमतीकी मुख्यमन्त्री शाक्यको सत्ता लम्बियो, ४ कात्तिकसम्म बैठक स्थगित

Read Time : < 1 मिनेट
२०७८ असोज २४ आइतबार १८:०७:००

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्व सरकारको आयु लम्बिएको छ । अल्पमतमा परेकी शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने समय लम्ब्याइएको हो । 

शाक्यले विश्वासको मत लिने प्रस्ताव आइतबारको प्रदेश सभा बैठकमा पेस गरिए पनि मत विभाजन प्रक्रिया आगामी ४ कात्तिक १ बजे तोकिएको बैठकमा हुने भएको छ । एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै शाक्यले विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । 

अल्पमतमा परेकी मुख्यमन्त्रीले २५ असोजमा विश्वासको मत लिने प्रक्रिया अघि बढाउनुपर्ने बाध्यकारी अवस्था थियो । कानुनी बाध्यता भए पनि दलहरूको सहमतिमा ४ कात्तिक दिउँसो १ बजे बस्ने बैठकमा मत विभाजन गर्ने निर्णय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

नवौँ अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्यका लागि दलका नेताहरूलाई समय दिइएको थियो । १५ मिनेट स्थगित गरेर बसेको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव पेस गरेकी थिइन् । शाक्यले प्रस्ताव पेस गरे पनि दलहरूको सहमतिका आधारमा सभामुख सानुकुमार श्रेष्ठले छलफल र बाँकी प्रक्रिया ४ कात्तिकमा अघि बढाउने गरी बैठक स्थागित गरेका थिए ।