मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २२ शुक्रबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकामा ३२ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २२ शुक्रबार १८:१०:००

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ । असोज मसान्तमा कुल जनसंख्याको ३२ प्रतिशत जनसंख्यालाई लक्ष्यअनुसार नै खोप लगाइएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभर पहिलो मात्रा ४० प्रतिशत र पूर्ण मात्रा ३२ प्रतिशतलाई लगाइएको जानकारी दिए। उनका अनुसार पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्ण मात्रा ६९ लाख ६२ हजार १६४ जनालाई खोप लगाइएको छ । १८ वर्ष भन्दामाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । 

यस्तै, उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशतलाई लगाइएको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार पहिलो मात्रा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् । रासस