१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दैलेखमा एक वर्षमा १६५ फरार अभियुक्त पक्राउ, प्रहरी प्रमुख अदालतद्वारा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:३५:oo

दैलेख प्रहरीले एक वर्षको अवधिमा एक सय ६५ फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा जिल्ला अदालत दैलेखले फैसला सुनाएका फरार अभियुक्तको पक्राउमा दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठको सक्रियतापछि उपलब्धि हासिल भएको हो।

दैलेख जिल्ला अदालतको तहसिल शाखाको विवरणअनुसार आर्थिक वर्ष ०७७/७८ सम्म तीन सय ४९ जनालाई कैद जरिवाना गरिएको रेकर्ड छ। विगतका आवहरूमा भन्दा गत आवमा धेरै फरार अभियुक्तहरू पक्राउ परेका हुन्। जिल्लामा प्रहरी प्रमुख आए पनि विभिन्न भनसुन, नेताहरूको पहुँचका कारण फरार अभियुक्त हुन भन्ने थाहा पाए पनि थाहा नपाएझैँ हुने गरेको थियो।

आव ०७५/७६ मा नाैजना र आव ०७६/७७ मा १२ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्यांक छ। गत आव ०७७/७८ मा प्रहरी प्रमुख श्रेष्ठको सक्रियतामा  एक सय ६५ फरार व्यक्तिरलाई पक्राउ गरिएको छ। अदालतको फैसलाअनुसार पक्राउ परेका सबैले २७ वर्ष आठ महिना पाँच दिन कैद सजाए भोग्नुपर्ने छ। उनीहरूबाट २५ लाख दुई हजार ६ सय ४९ रुपैयाँ जरिवानासमेत असुल भएको छ।

प्रहरी प्रमुखलाई जिल्ला अदालतबाट सम्मान र कदरपत्र प्रदान
कर्णाली प्रदेशमा फरार अभियुक्त पक्राउ गर्ने पहिलो जिल्लाको रूपमा दैलेख परेको छ। प्रहरीले विगत आवको तुलनामा १४ गुणा बढी फरार अभियुक्त पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले प्रभावकारी काम गरेको भन्दै प्रहरी प्रमुख अनुपम श्रेष्ठलाई जिल्ला अदालत दैलेखले सम्मान गरेको छ।

फरार व्यक्तिहरूको कैद, जरिवाना र सरकारी बिगो असुलउपर गर्ने कार्यमा उच्चतम सफलता प्राप्त गरी महत्वपूर्ण सहयोग गरेको भन्दै दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले सम्मानसहित जिल्ला प्रहरी कार्यालय दैलेखलाई कदरपत्र प्रदान गरेका छन्।

ad
ad