१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भाग्यशाली ग्राहकलाई स्पेन घुमाउने डिसहोमको योजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१७:oo

चाडबाडको अवसर पारेर डिसहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ नामक योजना सञ्चालन गरेको छ । कम्पनीले डिसहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहकलाई स्पेन घुमाउने योजना ल्याएको हो । 

यसका साथै हरेक नयाँ कनेक्सनमा ग्राहकले दुई हजार रुपैयाँबराबरको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनोट लक्की ड्रमार्फत गरिने जनाइएको छ । यो योजना प्रभु टिभी, सिम टिभी र डिसहोम फाइबरनेटको जडानमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । 

लालिगा सिजन टिकटमार्फत डिसहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरूले स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगका रूपमा लिइने लालिगा हेर्न सक्ने जनाइएको छ । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिसहोमले प्राप्त गरेको छ ।

हाल डिसहोममा खेल च्यानलका रूपमा एक्सन स्पोर्टस् एचडी १ र एक्सन स्पोर्टस् एचडी २ प्रसारण भइरहेकोमा लालिगाका खेलहरू भने एक्सन स्पोर्टस् एचडी २ मा मात्र प्रसारण भइरहेको कम्पनीले जनाएको छ । 

ad
ad