१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लालीगुराँस सहकारी २३औँ वर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार ०६:००:००

ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३औँ  वर्षमा प्रवेश गरेको छ । २३औँ वार्षिकोत्सवका अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले देशको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउँदै लैजाने बताए । करिब २३ हजार सेयर सदस्यको लगानीमा सञ्चालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने उनले बताए । 

संस्थाले काठमााडौंकोे चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको छ । गत वर्षदेखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटिएम सेवा सञ्चालन गरिसकेको छ । संस्थाअन्तर्गतका विभिन्न क्षेत्रमा करिब चार सयभन्दा बढी प्रत्यक्ष रूपमा रोजगारी उपलब्ध गराएको संस्था नेपाल बागमती प्रदेशको उत्कृष्ट संस्थाका रूपमा परिचय बनाउन सफल भइसकेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 डिभिजन सहकारी कार्यालय ललितपुरमा १८ भदौ ०५६ मा दर्ता भएको संस्था सोही साल १५ असोजबाट सञ्चालनमा आएको थियो । संस्थाले ललितपुरको ताल्छिखेलमा लालीगुराँस हस्पिटल प्रालि, काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि–कलेज प्रालि, चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुराँस दुग्ध प्रशोधन उद्योग, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलगायतमा लगानी गरेको छ ।