१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
दीपक अधिकारी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुलियो अंगुरको अमिलो पीडा

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४८:oo

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायतका स्थानमा व्यावसायिक अंगुरखेती गरिएको छ । नगरिपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको अंगुरखेतीले फल दिन थालेको दुई वर्ष भयो ।

अघिल्लो वर्षजस्तै यस वर्ष पनि लटरम्म अंगुर फलेको छ । रहर लाग्ने गरी फलेको अंगुर देख्दा फर्ममा पुग्ने जो कसैको पनि मन लोभिने गर्छ । तर, अंगुर कृषकलाई भने लटरम्म फलेको अंगुर देख्दा चिन्ताले मन अमिलो हुन्छ ।  फर्ममा लटरम्म फलेको पुष्ट दाना भएको अंगुर बिक्री नभएर बोटमै कुहिन थालेपछि कृषकलाई चिन्ताले पिरोल्ने गरेको हो ।

गुलियो अंगुरको अमिलो पीडा
डोल्पालीलाई गुलियो अंगुरको स्वाद चाख्न जहाज नै चढेर नेपालगन्ज, सुर्खेतलगायतका सहर बजार नै झर्नुपथ्यो । कि त जहाजमा प्रतिकिलो एक सय रुपैयाँ तिरेर झिकाएर खानुपर्थ्याे । यसरी झिकाइएको अंगुर पेटभरि होइन चाख्न मात्र पाइन्थ्यो । अब समय फेरिएको छ । कुनै विषादी नहालेको गुलियो कालो अंगुर पेटमा अटाएजति खान पाइन्छ ।
तर,अर्गानिक अंगुर नबिकेपछि कृषकलाई गुलियो अंगुरले अमिलो पीडा दिन थालेको छ ।

त्रिपुरासुन्दरी १ मा बस्ने सुस्मिता श्रेष्ठले खाँती ज्युलामा व्यावसायिक अंगुरखेती गरेकी छिन् । श्रेष्ठले स्थानीय जातको सिमी, मकै, कोदोलगायतका अन्नबाली हटाएर अंगुरखेती सुरु गरेकी हुन् । चार रोपनी क्षेत्रफलमा सुरु गरेको अंगुरले हाँगै झुक्ने गरी फल्न थालेको दुई वर्ष भयो । सुरुमा नगरपालिकाबाट अनुदानमा पाएको अंगुर रोप्न पाउँदा र लगाएको अंगुर पहिलो वर्ष फल्दा उनमा जति उत्साह थियो अहिले त्यो उत्साह आधा घटेको छ ।

यस वर्ष आफ्नो फर्ममा करिब १५ क्विन्टलसम्म अंगुर फलेको श्रेष्ठले बताइन् । फलेको सबै अंगुरको एक भाग पनि बेच्न नसकिएको उनको गुनासो छ । नेपालगन्ज सुर्खेतलगायतका बजारमा लगेर बेच्न पाए चार लाखसम्मको अंगुर उत्पादन भएको उनको भनाइ छ ।

त्यस्तै, अर्का कृषक कमल हमालको पीडा पनि उस्तै छ ।  उनले पनि १५ क्विन्टल सिमी र मकै उत्पादन हुने पाँच रोपनी खेतमा अंगुर लगाएका छन् । अंगुर लटरम्म फलेको छ । फर्ममा तीन लाखसम्मको अंगुर फलेको उनी बताउँछन् ।तर, पनि उनले यस वर्ष मुस्किलले मात्र २५ हजारको अंगुर बिक्री गरे ।

ad
ad