१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १६ शनिबार
  • Wednesday, 02 July, 2025
दुबई
२o७८ असोज १६ शनिबार o८:३२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चेन्नईबाट धोनीले लिए सय विकेट क्याच

Read Time : > 1 मिनेट
दुबई
नयाँ पत्रिका
२o७८ असोज १६ शनिबार o८:३२:oo

आइपिएलमा चेन्नई सुपर किंग्सबाट दुई सय १५ खेलमा सहभागिता जनाएका महेन्द्रसिंह धोनीले विकेट पछाडि आफ्नो सय क्याच पूरा गरेका छन्, समग्रमा धोनीले आइपिएलमा एक सय ५८ जना ब्याट्सम्यानलाई आउट पारेका छन्

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले चेन्नई सुपर किंग्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) मा सय क्याच लिएका छन् । चेन्नईबाट विकेटकिपिङ गर्दै सय क्याच लिने उनी पहिलो विकेटकिपर बनेका छन् । यो सफलता उनले बिहीबार सनराइजर्स हैदरावादविरुद्ध हात पारेका हुन् । आइपिएलको बिहीबार खेलमा धोनीले हैदरावादका तीन ब्याट्सम्यानका क्याच लिए । 

धोनीले जासन रोय, रिद्धिमान साह तथा प्रियम गर्गका क्याच लिँदै चेन्नईबाट सर्वाधिक क्याच लिने रेकर्ड बनाएका हुन् । समग्रमा धोनीले आइपिएलमा एक सय १९ क्याच लिएका छन् । सन् २०१५ सन २०१६ को सिजनमा चेन्नई म्याच फिक्सिङको काण्डमा पर्दा प्रतिबन्धमा थियो । यो दुवै सिजनमा धोनीले राइजिङ पुनेबाट प्रतिस्पर्धा गरेका थिए । राइजिङ पुनेमा दुई सिजन बिताउँदा उनले १९ विकेट हात पारेका थिए । 

आइपिएलको इतिहासमा विकेट पछाडि धेरै क्याच लिने तथा स्टपिङ गर्ने विकेटकिपरका रूपमा धोनी नै शीर्ष स्थानमा छन् । दुई सय १५ आइपिएल खेल खेलेका धोनीले अहिलेसम्म एक सय ५८ ब्याट्सम्यानलाई आउट पारेका छन् । जसमध्ये उनले ३९ ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् । आइपिएलमा धोनी पनि दोस्रो सफल विकेटकिपर कोलकाता नाइट राइडर्सका दिनेश कार्तिक हुन् ।

उनले आइपिएलमा एक सय ४६ ब्याट्सम्यानलाई क्रिजबाट हटाएका छन् । कार्तिकले एक सय १५ जनाका क्याच तथा ३१ ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् । यसैगरी रोविन उथप्पा तेस्रो स्थानमा छन् । उथप्पाले अहिलेसम्म ९० ब्याट्सम्यानलाई विकेट पछाडिबाट आउट पारेका छन् । बिहीबारको प्रतिस्पर्धामा चेन्नईले हैदरावादलाई ६ विकेटले हराएको छ । 

जितसँगै चेन्नई चालू आइपिएलकै पहिलो टोलीका रूपमा प्ले अफ स्थानमा पुगेको छ । चेन्नईले ११ खेलमा नौ जित निकाली शीर्ष स्थानमा १८ अंक बटुलेको छ । यसैगरी दिल्ली क्यापिटल्स १६ अंकका साथ दोस्रो स्थानमा छ । रोयल्स च्यालेन्जर्स बेंग्लोरले तेस्रो स्थान सुरक्षित गर्दा १४ अंक हात पारेको छ । आइपिएलको ४४औँ खेलमा टस हारी पहिलो ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । हैदरावादका लागि ऋद्धिमानले सर्वाधिक ४४ रनको योगदान दिए । चेन्नईका लागि जोस हेजलउडले सर्वाधिक तीन विकेट हात पारे । 

यसैगरी डवाने ब्राभोले दुई विकेट लिए । प्रत्युत्तरमा चेन्नईले १९.४ ओभरमा चार विकेटको क्षतिमा जित निकाल्यो । चेन्नईको जितमा ऋतुराज गायकवाडले सर्वाधिक ४५ रनको योगदान दिए । धोनीले १९.४ ओभरमा सिद्धार्थले फ्याकेको बललाई ९६ मिटर लामो छक्का प्रहार गर्दै चेन्नईलाई जित दिलाए । यसैगरी फाफ डुप्लेसिसले पनि ४५ रन जोडे । ऋतुराजले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरे । डुप्लेसिसले ३६ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । धोनीले ११ बलमा समान एक चौका र एक छक्का प्रहार गरी १४ रन बटुले । हैदरावादका लागि जेसन होल्डरले तीन विकेट हात पारे ।