मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज १४ बिहीबार २२:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवागढी नाका हुँदै भित्रिए भेडाच्याङ्ग्रा

Read Time : < 1 मिनेट
२०७८ असोज १४ बिहीबार २२:२४:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडाच्याङ्ग्रा नेपाल भित्र्याइएको छ । बडा दसँै नजिकिएसँगै रसुवागढी नाका हुँदै भेडाच्याङ्ग्रा नेपाल भित्र्याइएको हो । 

बिहीबार चीनबाट १ सय ७० वटा भेडाच्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । २ सय भेडाच्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा नेपाल भित्रिएको उनको भनाइ छ । ‘चीनतर्फ सम्पर्क राखेर भेडाच्याङ्ग्रा ल्याइदिन माग गरेका थियाँै, अनि रसुवागढी नाकासम्म उतैबाट ल्याइदिनुभयो, भेडाच्याङग्राको शुक्रबार भन्सार हुन्छ,’ उनले भने । 
विगतका वर्षभन्दा यो वर्ष भेडाच्याङ्ग्राको मूल्य महँगो रहेको न्यौपानेले बताए । गत वर्षको तुलनामा यो वर्ष चीनमै तीन हजारदेखि तीन हजार पाँच सयसम्म बढी मूल्य परेको उनले बताए । 

नेपाल भित्रिएका प्रतिभेडाच्याङ्ग्राको मूल्य २८ हजारदेखि ३२ हजारसम्म पर्ने उनले बताए ।  ‘गत वर्षभन्दा यो वर्ष महँगो परेको छ, पहिला १२÷१३ सय प्रतिकिलो पथ्र्यो भने अहिले १७–१८ सय पर्ने देखिएको छ,’ उनले भने । 

चीनबाट योबाहेक अरू भेडाच्याङ्ग्रा नआउने उनले बताए । ‘नाका बन्द छ, पहिलाजस्तो हामी आफँै जान पाएका छैनौँ, फोन सम्पर्कको भरमा निकासी गर्नुपरेको छ,’ उनले भने, ‘माग गरिएको अन्य सामान त आएको छैन भने यो ल्याउन पनि धेरै समस्या भयो ।’

चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्रत्येक वर्ष भेडाच्याङ्ग्रा आयात हुँदै आएको छ । लामो समयदेखि रसुवागढी नाका हुँदै भेडाच्याङ्ग्राको आयात हुँदै आएको छ । सुरुमा प्रतिभेडा तथा च्याङ्ग्रा ७ सय रुपैयाँमा आउँथे । पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि ह्रास आएको छ । 


कोभिड–१९ सुरु हुनपूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडाच्याङ्ग्रा आयात गर्ने गरेका थिए । केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउने गरेको नेपाली व्यापारी बताउँछन् ।