मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ११ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ११ सोमबार १२:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘फ्युल वर्न’ गरेर बुद्ध एयरको जहाज अवतरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ११ सोमबार १२:३२:oo

विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सामान्य अवतरण भएको छ ।

विराटनगरमा अवतरण गर्ने वेला ९ एनएएनआई एटिआर जहाजको चक्का (ल्यान्डिङ गियर) अन गर्ने वेला थ्री ग्रिन सिग्नल नबलेपछि पाइलटले अवतरण गर्न सकेका थिएनन् । ग्रिन सिग्नलविना जहाज अवतरण गर्न मिल्दैन र चक्काको लक अन भएको मानिँदैन। ल्यान्डिङ गियरमा समस्या देखिएपछि जहाजका पाइलटले उक्त जहाजलाई त्रिभुवन विमानस्थल काठमाडौंतर्फ मोडेका थिए। काठमाडौंमा आकस्मिक अवतरण गर्ने तयारीसहित पाइलटले जहाज घुमाएका थिए।

ल्यान्डिङ गियरको लक नलाग्ने र ग्रिन सिग्लन नदेखिने अवस्था देखिएपछि पाइलटले ‘फ्युल वन’ गरेका थिए। जहाज आकस्मिक अवतरण गर्दा वजन कम गर्न ‘फ्युल वर्न’ गरिन्छ । भित्रुवन विमानस्थलमा आइपुगेपछि उक्त जहाजले करिब चार फन्को लगाएको थियो । जहाजका इन्जिनियरले दूरबिन प्रयोग गरेर जहाजको गियर जाँच गरेपछि जहाज विमानस्थलमा अवतरण भएको छ । विराटनगरमा अवतरण गर्ने वेला थ्री ग्रिन सिग्नल नआए पनि काठमाडौंमा अवतरण गर्दा सिग्नल आएपछि जहाज सहजै अवतरण भएको विमानस्थल स्रोतले बताएको छ ।