सवारी दुर्घटनामा एकजनाको मृत्युपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग दुई घन्टापछि सञ्चालनमा आएको छ । आज सोमबार बिहान ट्राफिक प्रहरीले चेकिङ गर्ने क्रममा प्रदेश नम्बर–०३–००१ क ००९५ नम्बरको टिप्परले को २ च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो । ठक्करबाट हाथी गाडीका चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए।
दुई घन्टाको प्रयासपछि राजमार्ग सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।