१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १० आइतबार २०:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एन्टिजेन परीक्षणमा बढी शुल्क लिने सुमेरु सिटी अस्पताललाई जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १० आइतबार २०:१५:००

ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले जरिवाना तिराएको छ । प्रशासनको टोलीले आइतबार अनुगमन गर्दा बढी शुल्क लिएको भेटिएको हो । 

प्रशासनले अस्पताललाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले एन्टिजेन परीक्षणको शुल्क एक हजार रुपैयाँ तोकिए पनि अस्पतालले बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरिएको बताए । 

अनुगमनका क्रममा पुल्चोकमा रहेको लबिङ मलमा रहेको डल्ले रेस्टुरेन्ट प्रालिलाई १० हजार जरिवाना तिराइएको छ । त्यस्तै, रोड हाउस पिज्जालाई १० हजार र लेभल ३ टेरेसा प्रालिलाई ५ हजार जरिवाना तोकिएको छ । ती पसलहरूले व्यवसाय दर्ता नवीकरण नगरेको, मूल्य सूची नराखेको भेटिएको थियो ।