१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १० आइतबार
  • Sunday, 06 July, 2025
२o७८ असोज १० आइतबार १२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फार्मेसीमा वास्तविक फार्मासिस्ट नहुँदा समस्या भएको सरोकारवालाको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार १२:o१:oo

फार्मेसीमा फार्मासिस्टको व्यवस्था नहुँदा समस्या भएको भन्दै यसमा ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन्। विश्व फार्मेसी दिवसको अवसरमा शनिबार घोराहीको बिपी चोकमा भएको दीप प्रज्वलनपछि आयोजित कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन्।

नेपाल फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीले फार्मेसीहरूमा वास्तविक फार्मासिस्टको व्यवस्था नहुँदा समस्या भएको बताए। अहिले फार्मेसीहरूमा फार्मसिष्टभन्दा अन्य व्यक्तिले औषधि वितरण गरिरहेकाले  त्यसले बिरामीलाई असर गर्ने गरेको भन्दै यसमा गम्भीर बन्नुपर्ने उनको भनाइ थियो। फार्मेसी पढेका व्यक्तिहरूले लाइसेन्स भाडामा दिइरहेका भन्दै उनले यसमा पनि नियमन गर्न आवश्यक रहेकोमा जोड दिए।
 
यस्तै, कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका फार्मेसी विभाग प्रमुख केशरमान बिसीले पछिल्लो समय फार्मेसी पढ्नेको क्रेज बढेको उल्लेख गर्दै विद्यार्थीले पनि फार्मेसीको महत्व बुझ्नुपर्ने बताए।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका फार्मेसी अधिकृत रोशन तिमिल्सिनाले औषधि ऐन २०३५ अनुसार जहाँ औषधि हुन्छ, त्यहाँ फार्मासिस्ट हुनुपर्ने भए पनि अहिलेसम्म त्यस्तो व्यवस्था नहुँदा समस्या भएको बताए।

स्वास्थ्य कार्यालय दाङका फार्मेसी अधिकृत प्रवीण तिमिल्सिनाले नेपालमा औषधिमा अर्बौँ बजेट विनियोजन भएपनि फार्मासिस्ट नहुँदा औषधि वितरण, भण्डारणलगायतमा समस्या रहेको उल्लेख गरे।